Logo

विमानस्थलमा प्रचण्ड-बाबुरामको जम्काभेट, चित्त बुझाउने मेसो !



काठमाडौं, ४ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विमानस्थलमा भएको भेटको तस्विर सार्वजनिक गरेका छन् । आईतबार विहान त्रिभुवन विमानस्थलमा भएको भेटवार्तालाई भट्टराईले विशेष महत्वका साथ सार्वजनिक गरेका हुन् ।

उनले ट्विटरमार्फत यस्तो लेखेका छन्,‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो!’



प्रतिक्रिया दिनुहोस्

Screenshot