काठमाडौं, ४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् । उनी साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिस्तारा एयरलाइन्सको उडानबाट पत्नीसहित दिल्ली प्रस्थान गरेका हुन् ।
शाहले दिल्लीमा महत्वपूर्ण भेटघाट गर्ने तय भएको उनी निकट स्रोतले बताएको छ । उनको दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएको छ । शाहले पत्नीका अलावा सहयोगीहरुलाई समेत लिएर गएका छन् । दुई साता लामो भारत बसाईंमा उनले धार्मिक कार्यक्रममा सहभागिता जनाउने निकटस्थले जानकारी दिएका छन् । तर, यसपटक उनले भारतको सत्तारुढ दल निकटस्थहरुसँग विशेष भेट गर्ने तय गरेका छन् ।
केही दिनअघिमात्र सिक्किमबाट स्वदेश फर्किएका उनी दिल्ली जान लाग्नुले नयाँ रहस्य जन्माएको छ । सिक्किममा रहँदा उनले भारतको सत्तारुढ दल नजिक रहेका केही व्यक्तिसँग भेटेका थिए ।-File Photo