Logo

मन्त्री अर्यालको साहसिक कदम : अतिक्रमणमा परेका जग्गामा सरकारी बोर्ड



काठमाडौं, ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले व्यक्तिहरुले कब्जा गरेका सरकारी जग्गा फिर्ता गरेकी छिन् । फिल्डबुक, मालपोत कार्यालयको रजिष्ट्रेशन, श्रेष्तामा नेपाल सरकार कायम रहेको साविक बाग्मती नदीको हाल कित्ता नम्बर १८ को १० रोपनी ८ आना क्षेत्रफल जग्गा विभिन्न व्यक्तिहरुले यसअघिदेखि बार लगाएर कब्जा गरेको कम्पाउण्ड फोडेर उक्त जग्गालाई नेपाल सरकारको कायम गरिएको छ ।

मन्त्री अर्यालले यो कदमको बारेमा संक्षिप्त जानकारी दिँदै रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भनिन्,‘हामीले यो जग्गामा नेपाल सरकार लेखेको बोर्ड र पिल्लर राखेका छौं ।’ त्यतिमात्रै होईन, काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर हाईटमा रहेको चार रोपनी जग्गामा समेत आजै नेपाल सरकारको बोर्ड राखिएको उनले जानकारी दिईन् ।
धोबीखोलाको कित्ता नम्बर ९ को (श्रेस्तामा नेपाल सरकार रहेको तर हाल व्यक्तिले कब्जा गरेको) करिब चार रोपनीभन्दा बढि जग्गामा समेत आजै नेपाल सरकारको बोर्ड राखिएको उनले जनाईन् ।

मन्त्री अर्यालले अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान आफूले सुरु गरिसकेकोले देशभरिनै यो अभियानलाई सशक्त बनाउने स्पष्ट पारिन् । उनकाअनुसार काठमाडौं महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको करिव १६ रोपनी जग्गा सरकार मातहत ल्याई अभियान शुभारम्भ गरेकी हुन् ।

उक्त जग्गामा मन्त्री अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड राखिन् । उनले भनिन,‘कुनै व्यक्तिले दावी गरेर हुँदैन ।’ मन्त्री अर्यालले सरकारी जग्गा आफ्नो मातहतमा ल्याउन कुनै कसर नराखिने समेत बताइन् । उनले बाग्मती किनारमा रहेका जग्गाहरु व्यक्तिका नाममा ल्याएर भोगचलन गर्ने प्रवृति बढ्दै गएको भन्दै त्यसलाई रोक्ने जिकिर विश्वास दिलाईन् । उनले डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको बताईन ।

मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दूषित मनसायका साथ आँखा लगाउने कुरा सैह्य नहुने स्पष्ट पारिन् । अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिएको जानकारी दिईनु ।

मन्त्री अर्यालले सरकारको दुई वर्षको अवधिमा अजनताको मन जित्ने काम गर्दै आएकी छिन् । उनले सरकारी जग्गाको संरक्षणको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot