Logo

योगदानमा आधारित सामाजिक सुरक्षा योजना स् आयकरको सीमा बढाइयो योगदानकर्ता बढ्ने



काठमाडौँ, ५ फागुन । दोहोरो करको द्विविधाका कारण योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएकालाई योगदानकर्ता थपिने बाटो केही हदसम्म खुलेको छ । सरकार गठन भएको दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आयकरको सिलिङमा दुई लाख रुपियाँ बढाएसँगै योगदानकर्तालाई केही सहज भएको हो ।

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत आयकरको सिलिङका कारण कोषमा सूचीकृत हुने योगदानकर्तामा रहेको द्विविधालाई सम्बोधन गर्न सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेले आयकर प्रयोजनका लागि आफ्नो आयबाट घटाउन पाउने रकमको सीमा तीन लाखबाट पाँच लाख रुपियाँ कायम भएको घोषणा गरेका छन् । यसअघि भएको व्यवस्थामा वार्षिक तीन लाख रुपियाँसम्म कोषमा जम्मा हुँदा कर छुट थियो भने त्योभन्दा बढी हुनेको आयकरको ३६ प्रतिशत कर लाग्थ्यो । अहिलेको यो व्यवस्थाले पाँच लाख रुपियाँसम्म लाग्दैन ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सरकारले ‘नयाँ युगको थालनी’ भनेको राष्ट्रिय अभियानको उक्त योजनालाई योगदानकर्ताको अनिच्छा जस्ता प्रचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । प्रधानमन्त्रीले संशोधनका क्रममा यस योजनामा काम गर्ने र काम गराउने दुवै पक्षलाई उत्तिकै लाभ पु¥याउन ल्याइएकाले सम्पूर्ण उद्योगी, व्यवसायी र श्रमिकलाई यस अभियानमा ढिलो नगरी सूचीकृत हुने आह्वानसमेत गरेका छन् । एक लाख २५ हजारभन्दा बढी मासिक तलब हुने बैङ्क, होटल, कम्पनीमा माथिल्लो तहमा काम गर्नेहरूले दोहोरो करको कारण देखाउँदै कोषमा आबद्ध नहुने भन्दै आएका थिए । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot