Logo

खरिपाटीको अवस्था राम्रो छ, १७५ जनाकै स्वास्थ्य परीक्षण भईसक्यो : प्रवक्ता श्रेष्ठ



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट उद्धार गरेर ल्याईएका १७५ जनाको स्वास्थ्य परीक्षण भैसकेको र भोलिसम्म सम्पूर्ण रिपोर्ट आउने जानकारी दिएका छन् । उनकाअनुसार खरिपार्टीको अहिलेको अवस्था एकदमै राम्रो छ । उनले भनेका छन्,‘त्यहाँको अवस्था एकदमै राम्रो छ । उहाँहरु धेरै खुसी हुनुहुन्छ । सरकारले राम्रो ग¥यो भन्नेमा सबैले खुसी व्यक्त गर्नुभएको छ ।’

खरिपाटीको अवस्था के छ ?

त्यहाँको अवस्था एकदमै राम्रो छ । उहाँहरु धेरै खुसी हुनुहुन्छ । सरकारले राम्रो ग¥यो भन्नेमा सबैले खुसी व्यक्त गर्नुभएको छ ।

यो कामले सरकारलाई धन्यवाद प्राप्त भयो हो ?

पीडित र अभिभावकबाट सरकार धन्यवादको पात्र बनेको छ ।

त्यहाँका स्थानीय त्रसित भएका छन् नि ?

स्थानीय जनताले पनि सहमति जनाउनुभएको छ । यो रोग टाढा बस्दा सर्ने रहेनछ भन्ने उहाँहरुले पनि थाहा पाउनुभयो । यहाँ रोग नलागेका मान्छेहरु राख्ने रहेछ भनेर स्थानीयवासीले महसुस गर्नुभयो ।

स्थानीय जनताहरुसँग तपाईंहरुले सहमति गरिसक्नुभयो ?

उहाँहरुसँग सहमति भइसकेको छ ।

हिजोबाट त स्थानीय जनताहरु भाग्न थाले अरे नि ?

चीनबाट आउने विद्यार्थी सबैको परीक्षण भइसकेको छ । उहाँहरु सबै स्वस्थ हुनुहुन्छ । त्यसकारण त्यहाँबाट भाग्नै पर्दैन् । सामान्य ज्वरोमात्रै आएका मान्छे ६ जना चीनमै रोकिनुभएको छ । चीनमा रोकिएका मान्छेमा पनि कोरोना भएको होइन । उनीहरुमा सामान्य रुघाखोकी र ज्वरो छ, त्यसबाट कसैलाई कोरोना पनि हुनसक्छ । नेपालमा आएका कसैलाई पनि रुघाखोकी र ज्वरो केही छैन । हिजो ती सबैको घाँटी र नाकको परीक्षण भएको छ । त्यसको रिपोर्ट भोलि आउँछ । त्यो रिपोर्टमा सामान्य संक्रमण देखियो भने उहाँहरुलाई हामी तुरुन्त अस्पताल लान्छौं । त्यसकारण जनताहरु आत्तिनुपर्ने कुनै कारण छैन भनेर हामीले जानकारी गराइसकेका छौं ।

घरमा तालबन्दी गरेर त्यहाँका जनताहरु बाहिर निस्किएका छन् भनिन्छ नि ?

कसैले आत्तिएर त्यस्तो गरेका होलान् । त्यसरी अत्तालिनुपर्दैन । किनभने हामीले पहिला एकजना कोरोना संक्रमितलाई अस्पतालबाट निको बनाएर घर पठाएका छौं । टेकु अस्पताल वरिपरि पनि घरैघर, अफिसै अफिस छन् । मान्छेहरु सामान्य रुपमा काम गर्ने हिड्ने बस्ने गरिराखेका छन् । ती रोगी त्यहाँ उपचार गर्दा कसैलाई रोग सरेन । किन बिरामी कसैलाई वीर अस्पताल, पाटन, टिचिङ लाने हो । त्यहाँ पनि घर, अफिसहरु छन् त । सरकारले विरामीलाई कसरी बँचाउने भन्ने पो कुरा हो त । उल्टै सरकारले रोग पैmलाउन चाहन्छ त । एउटा रोगीलाई ल्याएर अर्को स्वास्थ मान्छेलाई सरकारले बिरामी गराउने काम गर्छ । यो त असम्भव कुरा हो ।

जनताहरुलाई किन सुसुचित गराउन सक्नुभएन, सहमति गराउनुभयो तर कार्यान्वयन भएन ?

हामीले स्थानीयलाई सुझाव दियौं उहाँहरु सहमत हुनुभयो । त्यसपछि सहमति गरायौं । केही मान्छेहरु कसरी आतंकित हुनुभएको हो । त्यो एकदमै गलत कुरा हो । जो मान्छे त्यहाँ राखिएको तिनीहरुमा कुनैपनि रोग देखिएको छैन । उहाँहरुको पटक–पटक परीक्षण भएको छ । सामान्य संक्रमणमात्रै देखियो भनेपनि उहाँहरुलाई तुरुन्तै अस्पताल लगिहाल्छौं । त्यसकारण यसमा आँत्तिनुपर्ने अवस्था छैन ।

तपाईंहरुले कति जनाको स्वास्थ्य परीक्षण गर्नुभयो ?

हामीले १७५ जनाको स्वास्थ्य परीक्षण गरेका छौं । उहाँहरुलाई कोरोना भाइरस हो कि होइन भन्ने त्यो रिपोर्टबाट थाहा हुन्छ ।

आजसम्म रिपोर्ट आउँछ ?

आजै आउँदैन । किन भने १७५ रिपोर्ट आउनुपर्ने भएकाले समय लाग्छ । भोलि बेलुकासम्म उहाहरुको रिपोर्ट आउँछ ।

त्यसपछि उनीहरुलाई कोरोना भए÷नभएको जनताले थाहा पाउँछन् हो ?

हो, त्यो रिपोर्ट आइसकेपछि हामी स्थानीयलगायत सबै जनतालाई जानकारी गराउँछौं ।

त्यहाँ बस्ने नेपालीहरुलाई खानपिनको अवस्था के छ ?

उहाँहरुलाई खाना बस्न एकदमै सुरक्षित ढंगले व्यवस्था गरिएको छ । दुई÷तीन जनालाई परिवारसहित भएकाले छुट्टै कोठाको व्यवस्था गरिएको छ । चीनको मुख्य ६ वटा शहरबाट विद्यार्थीहरु आउनुभएको छ । उहाँ जो–जो सँगै बस्नुहुन्थ्यो, यहाँ पनि उहाँहरु त्यसैगरी मिलेर बस्नुभएको छ ।

खाना के–के खुवाइरहनुभएको छ ?

नेपालीहरुले खाने सबैखाले खाना उहाँहरुलाई उपलब्ध छ ।

उहाँहरुलाई भेट्न परिवारका मान्छेहरु आँतुर छन् नि ?
त्यसरी अनुहार हेर्ने, भेटघाट गर्ने अँगााले मार्ने, घर जाने गर्न हामी दिँदैनौं । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनले त्यस्ताखाले भेटघाटलाई बन्देज गरेको छ । उहाँहरुलाई ल्याउनु अगाडि नै हामीले प्रेस विज्ञप्ति निकालेर सबै अभिभावकहरुलाई अनुरोध गरिसकेका छौं । उहाँहरु १४ दिनसम्म हाम्रो निगरानी, परीक्षण र सुरक्षामा सुरक्षित हुनुहुन्छ ।

त्यहाँ बसेकाहरुले पारिवार भेट्न पाउँदैनन ?

प्रत्यक्ष भेट्न पाइँदैन । फेनमा कुरा गर्न पाउनुहुन्छ । उहाँहरुको अवस्थाका बारेमा जानकारी दिन पाउनुहुन्छ । उहाँहरुलाई वाइफाइ चलाउने व्यवस्था पनि गरिएको छ ।

खरिपाटीले वुहानको पीडा भुलाएको हो ?

यसमा वुहानको पीडा भुलायो भन्दापनि हामीले सचेतना अपनाउनुपर्छ । किनभने यो रोग पैmलियो भने देशले ठूलो क्षति भोग्नुपर्छ । त्यसबाट जोगिन सबै सचेत र सतर्क हुन जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot