Logo

ओलीलाई सरकार ढल्ने त्रास, प्रतिपक्ष भन्छ–कमजोरी छल्ने प्रयास



फागुन ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न शक्ति केन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरङ्गित भएको छ । सरकारसँग स्पष्ट बहुमत हुँदाहुदैै पनि प्रधानमन्त्रीबाटै यस्तो अभिव्यत्ति किन आयो ? र वास्तविकता के होला भन्ने आम चासो र बहस हुनु स्वाभाविक मानिएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसलेसमेत त्यस्तो षडयन्त्र नभएको भन्दै आश्वास्त पार्ने प्रयास गरेको छ ।

प्रधानमन्त्री ओलीले झण्डै दुई तिहाइ बहुमतको सरकारलाई कसले र कसरी ढाल्ने प्रयत्न गरिरहेको छ भन्ने प्रष्ट नखुलाए पनि उनले सरकारविरुद्ध षड्यन्त्र भइरहेको खुलासा गर्नु चाहिँ आफैँमा अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्रीले यत्तिकै बिना सङ्केत, बिना अनुभूति टिप्पणी गरिहाले होलान् भनेर उनका भनाइलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै नेपाली राजनीति वृतमा यसबारे राम्रै बहस सुरु भएको छ । जुन अस्वाभाविक भने मान्न सकिदैन ।

शनिबार सरकारको २ बर्षे कार्यकालबार संसदलाइ जानकारी गराउदै प्रधानमन्त्री ओलीले दुइतिहाइ बहुमत प्राप्त सरकारलाई कसैले ढाल्न नसक्ने प्रतिक्रिया दिएको भोली पल्टै यस्तो अभिव्यत्ति आउनुमा कही कतै पार्टी भित्रकै नेता तथा बाहिरीशत्ति केन्द्रहरुबाट षड्यान्त्र भइरहेको त छैन भन्ने आंशका पनि गरिएको छ ।

तर नेकपाकै नेताहरुले भने अहिले सरकारलाई कही कतैबाट षड्यन्त्र हुन नसक्ने र सरकार ढल्ने भन्ने सम्भावना नै नरहेको बताउछन् । नेकपा नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको आशंका सामान्य भएको टिप्पणी गरे ।

नेता पौडेलले सरकारको कामले भने जनतामा उत्साह नथपेको भने स्वीकार गर्छन । जसको लागि सरकारले आफ्नो कामलाई जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन ।

प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्ण बहुमत छ । यस्तो अवस्थामा वर्तमान सरकारको विकल्प खोज्ने वैधानिक आधारहरु अत्यन्त कमजोर देखिन्छन् । यद्यपी ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरिसकेका कारण संविधानतः सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ ।

सत्तारुढ दलसँग पर्याप्त बहुमत र प्रतिपक्षी दल कांग्रेससंग पनि अविश्वासको प्रस्ताव ल्याउन सक्ने शत्ति छेन । जसकाकारण सरकारविरुद्ध यथास्थितिमा अविश्वास प्रस्ताव दर्ता र पारित हुने सम्भावना छँदैछैन । यस्तो अवस्थामा प्रधानमन्त्रीले सरकार ढाल्न षड्यन्त्र भयो भन्ने अभिव्यक्तिलाई कांग्रेस नेतृ डा. डिला संग्रौलाले सरकारको कमीकमजोरीलाई ढाक छोप गर्ने रणनीति भएको बताइन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल निकै कमजोर हुनु, सत्तारुढ दलसँग दुई तिहाइ निकट बहुमत हुनुजस्ता परिस्थितिले सरकार सामान्य अवस्था ढल्न नसक्ने प्रष्ट नै छ । यस्तो अवस्थामा कसले ढाल्छ त सरकार ?

प्रश्न स्वाभाविक रूपमा उठ्नु र राजनीति वृतमा बहस हुनुलाई स्वाभाविक मान्न सकिन्छ । अर्को कुरा प्रधानमन्त्री ओली आफैमाथि कमजोर अनुभुति गरेको वा पार्टीभित्र आफ्ु कमजोर भएको हो की भन्ने आंशका मात्र भएको पनि विश्लेषण हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot