बेइजिङ, ६ फागुन । चीनको नान्काई विश्वविद्यालयले १५ मिनेटमै नोवल कोरोना भाइरस परीक्षण गर्न सकिने ‘टेस्ट किट’ को विकास गरेको घोषणा गरेको छ । ‘टेस्ट किट’ लाई नोवल कोरोना भाइरस (२०१९–एनसीओभी आईजीएमरआईजीजी एन्टिबडी डिटेक्सन किट) नाम दिइएको छ ।
उत्तरी चीनको तियान्जिनस्थित नान्काई विश्वविद्यालयसहित चिनियाँ विज्ञ रबायोफर्मासेटिकल कम्पनीको समूहले नयाँ किटको विकास गरेका हुन् । किटमै हुने ‘फास्ट टेस्ट कार्ड’ले १५ मिनेटमैभाइरस पत्ता लगाउन सक्ने विश्वविद्यालयले उल्लेख गरेको छ । किटले भाइरस परीक्षणको समय न्यूनीकरण गर्ने र शंकास्पद बिरामीलाई छिट्टै सेवापुग्ने विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ । हाल ‘न्युक्लिक एसिड डिटेक्सन पदार्थ’मार्फत भाइरसपरीक्षण भइरहेको छ । जसले गर्दा संक्रमित पुष्टि हुनै समय लाग्ने गरेको छ ।नान्काई विश्वविद्यालयले नयाँ परीक्षण किट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणअभियानमा चाँडै प्रयोग हुने विश्वास व्यक्त गरेको छ । गत साता चीनको विज्ञान तथाप्रविधि मन्त्रालयले विभिन्न अनुसन्धान प्रोजेक्टलाई चाँडै नै कोरोना संक्रमणपुष्टि गर्ने खालको परीक्षण किट विकासका लागि काम गर्न अनुरोध गरेको थियो ।
नोवल कोरोना भाइरसका कारण हालसम्म चीनमा एक हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । यसबाहेकफिलिपिन्स, ताइवान, हङकङ, फ्रान्स र जापानमा एक–एक जना गरी पाँच जनाको मृत्यु भएको छ । चीनमा मंगलबार बिहानसम्म संक्रमितको संख्या ७३ हजार ४ सय २९ पुगेको छ । यसबाट संक्रमितमध्येनिको हुनेको संख्या १२ हजार नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केहीदिनयता कोरोनाभाइरसबाट संक्रमित हुने र यसबाट ज्यान गुमाउनको संख्यामा कमी आएकोबताएको छ । कोरोना भाइरस प्रकोप नियन्त्रण प्रयासस्वरूप हुबेईको प्रादेशिक राजधानीवुहानमा मानिसका गतिविधिमा थप कडाइ गरिएको छ । आपत्कालीन अवस्थामाबाहेक घरबाहिरनजान भनिएको छ र निजी सवारीसाधन प्रयोगमा थप कडाइ गरिएको छ । खाद्यान्नलगायतअत्यावश्यक सामान किन्न एउटा परिवारका एक सदस्यमात्रै प्रत्येक तेस्रो दिन बाहिरनिस्कन पाउने नियम पनि जारी गरिएको छ । (कान्तिपुर दैनिकबाट)