Logo

आइजीपी पद सुनिश्चित गर्न एआइजीको प्रतिष्पर्धी यी डिआइजी



काठमाडौं, ६ फागुन । नेपालमा प्रहरीका तीनजना आइजीपी सिधै डिआइजीबाट नियुक्त भएका छन् । २५ औं आइजीपी प्रकाश अर्याल, २६ औं सर्वेन्द्र खनाल र २७ औं ठाकुरप्रसाद ज्ञवाली डिआइजीबाट सिधै आइजीपीमा बढुवा भएका हुन् । एआइजीको दरबन्दी भएपनि उनीहरु डिआइजीबाट सिधै आइजीपी बनेका हुन् ।

आफूभन्दा अघिल्लो ब्याचीको संख्या बढी भएकाले उनीहरुको व्यवस्थापन गर्दा आइजीपीले एआइजी नबनी आइजीपी बन्नुपरेको अवस्था छ । एआइजीका रुपमा कमाण्ड नसम्हाली आइजीपी बन्दा केही चुनौती पनि देखिने गरेको छ । अर्कोतर्फ डिआइजीहरुको संख्या ठूलो भई आइजीपीका लागि अस्वस्थ प्रतिष्पर्धा समेत भएको देखिन्छ ।

प्रकाश अर्याल आइजीपी हुँदा ठूलै काण्ड बन्यो । डिआइजीमा तेस्रो नम्बरका जयबहादुर चन्दलाई आइजीपी बनाउँदा विवाद आयो । सर्वोच्चमा मुद्दा दायर भएपछि दोस्रो नम्बरका प्रकाश अर्याल आइजीपी बने ।

सर्वेन्द्र खनाल आइजीपी बन्दा पनि विवादरहित बनेन । खनालको पूरा कार्यकालमा उनका प्रतिष्पर्धी पुष्कर कार्की सहयोगीभन्दा चुनौती बने । यतिसम्मकी कार्कीसहितका तीन एआइजी र केही डिआइजीहरुले बिदाई समेत बहिष्कार गरे ।

को को बन्दला एआइजी
हालको नियमावली अनुसार प्रहरीमा तीन एआइजीको दरबन्दी छ । जसमा सात मुख्य प्रतिष्पर्धी छन् । वर्तमान आइजीपीका ब्याची तारिणी लम्साल र सूर्य उपाध्याय मुख्य प्रतिष्पर्धी हुन् ।

त्यसपछिको ब्याची हालको नियमावली अनुसार असारको अन्तिमतिर आइजीपीको दाबेदार हो । वरिष्ठताका आधारमा शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की मुख्य प्रतिष्पर्धी हुन् । लम्साल र उपाध्याय एआइजी बढुवामा परेपनि त्यसपछिको ब्याचीबाट एकजना अवश्य एआइजी बन्नेछन् । यसकारण अब एआइजीबाट आइजीपी बन्ने अवस्था बनेको छ ।

एआइजीका लागि पछिल्लो ब्याचीाट थापा र पालको चर्को प्रतिष्पर्धा छ । अब जो एआइजी बन्छ उही आइजीपी बन्ने निश्चितप्रायः छ । यसका लागि दाबेदारहरुबीच दौडधुप चलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot