Logo

महरा रिहाईबारे गरेको ट्विट बाबुरामले किन डिलिट गरे ?



काठमाडौं, ६ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहाई भएपछि गरेको एउटा ट्विट डिलिट गरेका छन् । उनले हिजो अर्थात फेब्रुअरी १७ तारिखमा गरेको ट्विट आज उनको ह्याण्डलमा छैन् । नेता भट्टराईले महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने आफ्नो अनुमान अनुरुप नै फैसला आएको टिप्पणी गरेका थिए । महरा रिहाई भएको बिबिसी नेपालीको एक समाचार सेयर गर्दै भट्टराईले यस्तो बताएका थिए ।

उनले ट्विटरमा लेखेका थिए,‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो!मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ!जे हुनु भैगयो! अब बृहद सामाजिकरराष्ट्रिय मुद्दामा केन्द्रित होऔं!’

बाबुरामको उक्त ट्विटमा उनलाई नै गाली गरेर जवाफ आएका थिए । उनले मियाँ बीबी राजी तो क्या करेगा काजी भनेर चित्रण गरेको कुरामा उनका अधिकांश फलोअर्सको कडा आपत्ति थियो । सायद, त्यही भएर होला उनले उक्त ट्विट नै डिलिटि गरिदिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot