Logo

कार्यदलले जस्तो प्रतिवेदन बनाए पनि एमसीसी संसदबाट पारित हुन्छ : डा. भट्टराई



फागुन ६, काठमाण्डौ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले एमसीसी संसदबाट यसै हप्ता पारित हुने दावी गरेका छन् ।

प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले विवादित एमसीसी पारित हुने बताएका हुन् । सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदन जस्तो आए पनि पारित हुने भट्टराईको दावी छ ।

एमसीसीको विरोध गरेका कार्यदल संयोजक झलनाथ खनाल र संदस्य भीम रावलले पहिला समर्थन गरे पनि अहिले विरोध गरेको भट्टराईको जिकिर छ ।

खनाल र रावलकै सहमतिमा सरकारले एमसीसी अगाडि बढाएको उनको भनाई छ । फरक प्रसंगमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा छिटै आउँने बताए । मोदीसँग इन्ट्रि परमिटको बारेमा फेरी छलफल हुने पनि भट्टराईले बताएका छन् ।

भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीबाट नेपाल हवाइमार्गमार्फत यात्रा गर्दा ‘इन्ट्री परमिट’ अनिवार्य गरिएको हो ।

नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले दिल्लीबाट हवाइ यात्रामार्फत काठमाडौं फर्कदा राहदानी अनिवार्य गरिएको हो । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले यो नियम ल्याएको हो ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।

तर भारतीय नागरिकलाई भने यो नियम लगाइएको छैन । अर्थात सडक यात्राबाट नेपाल आएका भारतीयहरु हवाईमार्ग हुँदै स्वदेश फर्कन चाहेका इन्ट्रि परमिट आवश्यक पर्दैन । यसरी नेपाली नागरिक केन्द्रित गरी नियम ल्याइएको भन्दै विज्ञहरुले असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot