Logo

चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि



काठमाडौं, ७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तको वुहान शहरबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो पुष्टि गरेको हो ।

चीनबाट ल्याउनेबित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई ल्याईएकै दिननै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot