आफैसँग प्रेम गर्नु र अर्कोसँग प्रेम गर्नु दुई भिन्न विषय भए पनि एक अर्कामा निर्भर रहन्छन् । आफूलाई माया नगर्ने मानिसले अर्को व्यक्तिलार्ई पनि माया गर्न सक्दैन । जब हामी भित्रमा खुशी हुन सक्छौ वा आफै सन्तृष्ट हुन्छौ तब हाम्रो उपस्थितीले अर्कोलाई पनि प्रसन्न बनाउन सक्छ । आफ्नो बारेमा केही सोच्नु कुनै अपराध हुने होइन् । तर आफ्नो बारेमा नसोच्दा अवश्यपनि कसैको पनि भलो गर्दैन ।
रोजमार्गका जीवनको केही उदाहरणलाई लिएर धारणा स्पष्ट पार्न सकिन्छ । यहाँ सबैसँग समस्या भएकाले कोही पनि खुशी छैनन् । मानिसहरु उनीहरुको वरपरका प्रत्येक सम्बन्धको बारेका सोच्दैछन् । उनीहरुले आफ्नै बारेमा भने सौच्दैनन् । कोही आफ्नो साथीहरुले गरेका प्रगति देखेर दुःखी हुन्छन् भने कोहीले पिडाको अन्त्य कहिल्यै नहुने भन्दै सबै दुःखी छन् किन र अरु कसरी खुशी देखिन्छन् । यसमा नै समय फालेका हुन्छन् । हामी धेरै समस्याहरुको सामना गर्दछौ किनकी हामीसँग ठुलो काम नै छैन, कुनै अर्थपुर्ण उद्देश्य नै छैन । जीवन केवल आम्दानी मात्र गर्नु भन्दा बढि भएको छ ।