Logo

लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास



काठमाडौँ, ८ फागुन । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् ।उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीरबीएएमएस) गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जना पास गरेका हुन । फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो ।

वर्षेनी दुई पटक लाइसेन्स परीक्षा लिने गरिएको छ । काउन्सिलका अध्यक्ष प्रा।डा।धनिकलाल भर्खेलको अनुसार यस अघि भदौ महिनामा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन भएको थियो । हाल मुलुकका कलेजहरुबाट वर्षेनी १८० जना आयुर्वेदका चिकित्सक उत्पादन हुने अवस्था छ । काउन्सिलमा ७२९ जना आयुर्वेदका डाक्टर दर्ता गरिएका छन् । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्