Logo

बाबुरामले किन लेखे ‘बाबाभक्तिमा काँग्रेस र कम्युनिष्टमध्ये को अगाडि?’



काठमाडौं, ८ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुईवटा तस्बिर राखेर ट्वीट गरेका छन् । उनले बाबाभक्तिमा काँग्रेस र कम्युनिष्टमध्ये को अगाडि भनी प्रश्न समेत गरेका छन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरु धार्मिक व्यक्तिहरुसँग भेटघाट गर्न थालेको भन्दै उनले नेपाली राजनीतिको भावी दिशा भनी प्रश्न समेत गरेका छन् । भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहको भारत भ्रमणको विषय समेत उल्लेख गरेका छन् ।

बाबुरामले काँग्रेस महामन्त्री डा. सशांक कोइरालासहितका नेताहरुले योगी आदित्यनाथलाई भेटेको र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा नेताहरु प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र विना मगरले एकजना धार्मिक व्यक्तिलाई भेटेको तस्बिर राखेर ट्वीट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot