Logo

सुनको मूल्य निरन्तर उकालो लाग्दै



काठमाडौँ ८ फागुन  : सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबार सुनको मूल्य नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेकाे छ ।

सुनकाे मूल्य टोलमा पाँच सय रुपैयाँले बढेको छ । सुन प्रतितोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको मूल्य बढेको जनाइएको छ ।

भाइरसका कारण विभिन्न लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा मूल्य बढेको हो । त्यसैगरी बिहीबार चाँदी तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । सुनको मूल्य अझ बढ्न सक्ने अन्तराष्ट्रिय विश्लेषकको अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot