Logo

कोरोना भाइरसबाट इरानमा दुई जनाको मृत्यु



हालै चीनमा फैलिएको नयाँ कोरोना भाइरसबाट चीनसंगै विश्वनै त्रसित भएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (काेभिड–१९) को संक्रमण चीन लगायत अन्य देशमा समेत फैलिएको छ । उक्त भाइरसबाट मध्य–पूर्व समेत प्रभावित भएको छ । मध्य–पूर्वमा उक्त भाइरसबाट दुई जनाको ज्यान गएको जनाइएको छ ।

मध्यपूर्वमा कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको जनाइएको छ । यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितकाे ज्यान गएको थियो ।

चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । चीन लगायत अन्य देश लाइ पनि उक्त भाइरसको संक्रमण रोक्न सचेत हुनुपर्ने समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot