Logo

अख्तियारद्वारा गोकुल बाँस्कोटाको दराजमा सिलबन्दी



काठमाडौं, फागुन ९ । राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले बतायो।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा अध्ययन थालेको हो। अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए। ‘सञ्चारमाध्यममा आएका विषय अध्ययन गर्ने र हेर्ने काम गरिरहेका छौं,’ उनले भने। अध्ययनपछि मात्रै अनुसन्धान हुनेछ। अनुसन्धानका विषयमा भने निर्णय भइनसकेको उनले बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot