गर्भाशयको ट्युमर, जसलाई गर्भाशय लिओमायोमा वा फाइब्राँएड पनि भनिन्छ, गर्भाशयको सौम्य मांशपेशी ट्युमर हुन् । धेरै जसो महिलामा कुनै लक्षण नै देखिदैन भने कसैलाई दर्दनाक पिडा हुने गर्छ । एक महिलामा गर्भाशय नियोप्लासिया वा धेरै हुनसक्छ । कहिलेकाहीं नियोप्लासिया भएमा गर्भवती हुन गाह्रो हुन्छ । यद्यपि यो असामान्य छ ।
गर्भाशयमा हुने निप्योप्लोसियाको वास्तविक कारण भने स्पष्ट छैन । ट्युमर वंशाणु हुने गर्छ र हर्मोन द्वारा निर्धारण गरिन्छ । यो पेल्विक परिक्षण वा मेडिकल इमेजिङद्वारा पत्ता लगाउन सकिन्छ । यसको कुनै लक्षण नभएमा उपचार आवश्यक पर्दैन । यसको दुखाई कम गर्नमा एनआईबीआईडीहरु (आईब्रुप्रोफेन), प्यारासिटामोल प्रयोग गर्न सकिन्छ ।
गोनाडोट्रोपिन औषधी महँगो भएपनि हर्मोन एगोनिस्ट वर्ग रिलिज गर्छ भने ट्युमरको आकार घटाउने काम पनि गर्छ । यति गर्दा पनि ट्युमर नघटेमा गर्भाशय हटाउन शल्यक्रिया गर्न सकिन्छ । ट्युमरको क्यान्सर संस्करणहरु धेरै दुर्लभ छन् ।
ट्युमरको लक्षणहरु
- कुनै महिलालाई लक्षण नै देखिदैन । भने कसैलाई धेरै दुखाई हुनसक्छ ।
- पेट दुख्ने
- रक्तअल्पता
- रक्तश्राव बृद्धि हुने संभोगको क्रममा पिडा हुने
- रजोनिवृत्ति पछि योनीबाट रक्तश्राव हु्ने
- योनीबाट रगत जस्तो तरल पद्धार्थ बगिरहने योनीबाट दुर्गन्धित पद्धार्थ बगिरहने
- समय पुर्व प्रसव हुने गर्भ खेर जाने
- पेट फुल्ने
- भ्रुणको अवस्थाको हस्तक्षेप
- गर्भाशयमा ट्युमरले निरन्तर दबाब दिने हुनाले पेट ठुलो हुन जाने
- पैलता सुन्निने, दिशा गर्न कठिनाई हुने, ढाड दुख्ने जस्ता लक्षणहरु पाठेघरको विकसित चरणमा देखिन सक्छन् ।
ट्युमरको आकार पुर्णतया गोलाकार हुन्छ । सामान्यतया अल्ट्रासोनाग्राफी, सोनोग्राफी, कोल्पोस्कोप, सर्भिकल बायोस्पी, रगत परिक्षण, एक्स–रे र विभिन्न स्क्यान जाँचबाट राग पत्तँ लगाउन सकिन्छ
पाठेघरको क्यान्सर हुने सम्भावना क–कसलाई हुन्छ ?
- यौन सम्र्पक धेरै गरेका (सानो उमेरमा नै )
- प्रतिरक्षा प्रणाली कमजोर भएका
- दिर्घकालीन रेनल रोग भएमा
- सुर्ती जन्य पद्धार्थ सेवन गर्ने
- दिर्घकालीन ज्एख् संक्रमण, विशेष गरी ज्एख् टाइप १६ र १८ ले ऋक्ष्ल् को जोखिम बढाउँछ ।
रोकथाम
- धुम्रपान त्याग्ने
- सरसफाईमा ध्यान दिने
- सुरक्षित यौन सम्र्पक गर्ने
- नियमित पाठेघरको मुखको परिक्षण गर्ने, यसरी निरत्तर चेकअपले ९० प्रतिशतले हुने सम्भावनालाई घटाउन सक्छ ।
- पाठेघरको मुखको क्यान्सरको खोप लगाउने