Logo

डोनाल्ड ट्रम्प तीन घन्टा अहमदाबाद रहँदा ८५ करोड खर्च हुने



एजेन्सी, ९ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा सिधै अहमदाबाद पुग्ने भएका छन् । उनी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको राजधानी अहमदाबादमा सिधै पुग्दा भव्य तयारी पूरा भइसकेको छ ।

अहिले भारतमा ट्रम्प आउने चर्चा चलेको छ । उनको स्वागतका लागी एक लाख मानिस आउने जनाइएको छ । ट्रम्पले मोदीसँग संयुक्त रुपमा विश्वकै ठूलो क्रिकेट स्टेडियमको उदघाटन गर्ने तय भइसकेको छ । ट्रम्प अहमदाबादमा तीन घण्टासम्म रहने उल्लेख छ । तीन घण्टाका लागि करिब ८५ करोड भारतीय रुपैयाँ खर्च हुन सक्ने अनुमान गरिएको छ ।

ट्रम्प र मोदीबीच कश्मीर र विवादास्पद नागरिकता संशोधन कानूनको मुद्दामाथि छलफल हुने जनाइएको छ । यस भ्रमणले अमेरिका र भारतबीचको सम्बन्ध अझ सुमधुर हुने राजनितिक विज्ञहरु बताउँछन् । अमेरिकामा चुनाव नजिकिँदा सो भ्रमणले ट्रम्पलाई निकै फाइदा पुर्याउने अनुमान लगाइएको छ ।

भ्रमणको दौरान अमेरिका र भारतबीचमा हातहतियार, नयाँ प्रणालीका हवाई जहाजहरुको समझौता हुने जनाइएको छ । चीनको वन वेल्ट वन रोड र साउथ चाइना सीको मुद्दाको विषयमा समेत कुराकानी हुने जनाइएको छ । ट्रम्प र मोदीबीचको आँठ महिनामा पाँच चोटी भेटवार्ता भइसकेको छ । ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी राम्रो साथी रहेको समेत बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot