एजेन्सी, ९ फाल्गुन । चीन मार्च महिनाको अन्तिमसम्ममा नयाँ कोरोना भाइरस मुक्त हुने आँकलन गरिएको छ । रुसका लागि चिनयिाँ राजदूत झांग हनहुईले यो विचार व्यक्त गरेका हुन् ।
उनले भाइरसबाट उनमुक्ति पाउन निरन्तर लडिरहेको बताए । हुबई प्रान्तबाहेक अन्य प्रान्तमा भाइरसको प्रकोप मार्चका शुरुवातमा न्यून हुने समेत जनाएका छन् । मार्च महिना भित्र चीन भाइरसको प्रकोपबाट मुक्त हुने बताएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
दश दिनदेखि भाइरस संक्रमित मानिस अस्पताल नपुगेको समेत जनाएका छन् । संक्रमणमा परेका १८ हजार मानिस उपचारपछि घर फर्केको जनाएका छन् । संक्रमणको केस निरन्तर घटिरहेको समेत पुष्टि गरेका छन् । चीन र रुस उक्त भाइरसको संक्रमणलाई न्यून गर्न संयूक्त रुपमा काम गरिरहेको जनाए । उक्त भाइरसको चपेटमा चीन र रुस लगायत २५ देश परेको जनाएका छन् । उक्त भाइरसबाट मूत्यु हुनेको संख्या ७५ हजार ट सय रहेको छ ।