Logo

मखमली जुत्ता बनाउने तालिम सम्पन्न



काठमाडौं, ९ फागुन । युवा सिर्जनशील समाज नेपालले महिलाहरुको लागि सिपमुशलक तालिमको आयोजना गरेको छ । कार्यक्रम काठमाडौं क्षेत्र नं. १ घट्टेकुलो सामूदायिक भबनमा गरिएको हो ।

कार्यक्रममा समाजले खासगरी बेरोजगार महिला दिदीबहिनीहरुलाई मखमली जुत्ता बनाउने तालिमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजना युवा सिर्जनशील समाज नेपालकी अध्यक्ष शारदा लामाले आयोजना गरेकी हुन् ।

लामाले महिलाहरुलाई धेरै पहिलादेखिनै सीपमुलक व्यवसायिक तालिम दिँदै आएकी छन् । यस्ता कार्यक्रमले बेरोजगार महिलालाई उद्यमशीलता बनाउने तालिममा सहभागी एक महिलाले बताइन् ।

तालिमपछि लामाले सहभागी महिलालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सासद् प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सिंहले सीपमुलक तालिमले महिलाहरुलाई स्वरोजगारमुलक बनाउने बताए ।

कार्यक्रममा अध्यक्ष लामाले महिला दिदीबहिनीहरुलाई मखमली जुत्ता बनाउने व्यवसायिक तालिममा सहभागी भई व्यवसायिक सीप आर्जन गरेको प्रति धन्यवाद प्रकट गरिन् ।

तालिममा सहभागीहरुले आफ्नै घरआँगनमा आएर सिर्जनशील तालिम दिइ आपूmहरुलाई आत्मनिर्भर हुन प्रेरित गरेकोप्रति आभार प्रकट गरे । साथै यस तालिमले आपूmहरुलाई थोरै भएपनि व्यवसायिक बनाउन आत्मबल बढेको बताएका थिए ।

अध्यक्ष लामाले यसअघि काठमाडौं क्षेत्र नं. १० को कार्यालय बानेश्वरमा मखमलका जुत्ता बनाउने तालिमको आयोजना गरेकी थिइन् । कार्यक्रममा तालिममा सहभागी महिलाहरुले आपूmले बनाएको मखमली जुत्ता प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति लामाले धन्यवाद प्रकट गरिन् । साथै आउँदा दिनमा अरु ठाउँमा पनि यस्ता तालिमद्वारा महिला दिदीबहिनीलाई सीपमुलक र व्यवसायिक बनाउन सघाउने बचनवद्धता व्यक्त गरिन् । कार्यक्रम समाजकी अध्यक्ष शारदा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्