Logo

कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन दुतावासको निर्देशन



काठमाडौं, फागुन ११ । दक्षिण कोरियामा समेत कोरोना भाइरसको सक्रमण बढ््दै गएपछि त्यहाँ रहेका नेपालीलाई विशेष सावधानी अपनाउन सियोलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दे सक्रमणबाट जोगिन सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको छ।

‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्