Logo

जन्मदिनमा प्रधानमन्त्रीको गाँउपालीकामा सार्वजनिक विदा, बालुवाटारमा उपप्रधानमन्त्रीले लगाइदिए माला



काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनमा तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । आफ्नो जन्मदिन मनाँउन जन्मघर जान लागेको ओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ।

नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले ओलीले आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

इवाका सबै विद्यार्थी र अन्य वडाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ।आफू जन्मिएको घरमा प्रधानमन्त्री ओली तेस्रो पटक जान लागेका हुन्। जन्मदिनमा सहभागी हुने सबैलाई ड्रेसकोड अनिवार्य गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधानमन्त्री इश्वर पोखरेल, नेता, कार्यकर्ता तथा आफन्तले प्रधानमन्त्री ओलीलाई भेटेर शुभकामना दिएका थिए । फोटोः राजन भट्टराईको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot