Logo

स्थानीय निकाय नै सार्वजनिक जग्गा हिनामिनामा संलग्न !



फागुन ११, काठमाण्डौ । संघीयता कार्यान्वयनमा आएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा सबैतिर आयो । तर पछिलो समय स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाटै भ्रष्टाचार बढ्दै भएको छ । संस्थागत हुँदै गइरहेको भ्रष्टाचारविरुद्ध सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैनन् । जसले गर्दा पछिल्ला दिनमा जनता नै भ्रष्टाचारीविरुद्ध उत्रिन थालेका छन् ।

कर्मचारि र जनप्रतिनिधिको आपसी मिलेमतोबाटै भ्रष्टाचार हुने गरेको खुलासा एकपछि अर्को गर्दै भइहरेको छ । स्थानीय सरकार गठन भएपछि त झन पाइला पाइलामा भ्रष्टाचार हुने गरेको छ । जसले गर्दा विकास निर्माणका काम हुने अपेक्षा गरेका नागरिक निराश छन् ।

काठमाडौं महानगरपालिका– १४ को कार्यालय परिसरमा आइतबार बिहान मानिसहरुको एउटा समूह आएर नारा लगायो, ‘सार्वजनिक जग्गा मिच्न पाइँदैन, भ्रष्ट वडाध्यक्ष चाहिँदैन ।’

कलंकी मालपोत कार्यालयको पछाडिको १४ आना सार्वजनिक पर्ती जग्गालाई महानगरपालिकाले व्यक्तिलाई लाभ हुने गरी सहायक पिच बाटो भनेर सिफारिस गरेको भन्दै उनीहरु वडा कार्यालय घेर्न पुगेका थिए ।

हो, संघीय राजधानी काठमाण्डौकै स्थानीय तहबाट भ्रस्टाचार हुने गरेको छ । काठमाडौ महानगरपालिकाको वडा नम्बर १४मा रहेको कित्ता नम्बर ९७ र ९८ नम्बरको १ सय ४ दशमलव द्ुई वर्ग फिट र १ सय ५७ दशमलव सात वर्ग फिट गरी जम्मा २ सय ६१ दशमलव ९ वर्ग फिट जग्गा घर सहित हिनामिना भएको पाइएको छ । उक्त जग्गा र घर रिसिता ट्रेडर्स प्रालिको नाममा नामसारी भएको थाहा पाए पछी स्थानियले बिरोध गरेका छन् । मोटो रकमको लोभमा परी सरकारी जग्गा लाई बाटो भन्दै सिफारिस गरीदिएको स्थानीयको आरोप छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटा

त्यसो त घर बाटोको सिफारिस लिन सम्वन्धित स्थानको जग्गाको नक्सा हेर्नुपर्ने हुन्छ । तर त्यस ठाउँमा नक्सा नै नहेरी सिफारिस गर्ने काम भएको पाईएको छ । आईतबार प्राईम टाईम्स टेलिभिजनको टोली यस विषयमा बुझ्न पुगेको थियो । काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाले आफूले कुनै गल्ती नगरेको दावी गरिन् । कर्मचारिको बिश्वासमा आफुले सिफारिस गर्दा गल्ति हुन पुगेको सापकोटा बताउँछिन् ।

स्थानीयले खबरदारी गरेपछि वडाले जग्गा हिनामिनासम्बन्धमा छनविन गर्ने आश्वासन दिएको छ । त्यसो त स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्मै मोटो रकमको प्रलोभनमा परी भ्रष्टाचार गर्ने र अन्य कर्मचारीको कम्जोरी देखाउदै आफु पन्छिने नियत नया भने हैन । यो घटना पनि यतिकै सामसुम नहोस् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot