Logo

कसले बाजी मार्ला उपसभामुखमा?



काठमाडौं, फागुन १२ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका विषयमा राजनीतिक दलहरुबिच अहिलेसम्म सहमती नबन्दा अन्यौल कायमै छ । सबैधानिक रुपमा उपसभामुख भिन्न राजनैतिक दल र लिङ्गबाट हुने प्रावधान रहेको छ ।

संविधानतः उपसभामुख प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्को सदस्यसमेत रहने व्यवस्था भएकाले यस पदमा प्रतिपक्षी नेपाली काँग्रेसदेखि तराई मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीको समेत दाबी रहेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई सरकारमा भित्र्याउने उदेश्यअनुरुप उक्त पद राजपालाई दिने सोचमा रहेका छन् ।

तर राजपा संविधान शंशोधन, कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सासद रेशम चौधरीको रिहाई, भिनिन मुद्दामा बन्दी बनाइएका कार्यकर्ताहरुको मुद्दा फिर्ता तथा रिहाईसहितका राजनीतिक मागहरु सरकारका तर्फबाट पुरा हुनुपर्ने अडान रहेको बताइन्छ ।यसकारण राजपाका सरकारमा जाने कुरा निश्चित भएको छैन् । साँधु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्