
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत अवतरण गरिसकेका छन् । उनी अहमदाबाद शहरमा तीन घण्टा रहने कार्यतालिका रहेको जनाइएको छ ।
ट्रम्प भारत आउने चर्चाले भारतवासी निकै उत्साहित भएका छन् । उनको दुई दिने भ्रमणलाई विषेश ध्यान दिइएको छ । ट्रम्पको खाने पिउने सामाग्रीमा समेत भारतले विषेश ध्यान दिने जनाइएको छ ।
भारतका चर्चित शेफ सुरेश खन्नालाई ट्रम्पको खाना बनाउने जिम्मेबारी दिइएको छ । उनी पाँच तारे होटल फर्चुन ल्याण्डमार्क होटलका शेफ हुन् । ट्रम्पलाई गुजराती खानाको व्यवस्था गरिएका जनाइएको छ । कुकीज, नायलान खमन, ब्रोकोली, समोसा र दालचिनी एप्पल पाई मेन्यूमा राखिएको छ । शेफ खन्नाले अदरक र मसाला भएको चियाँ समेत तैयार गर्ने जनाएका छन् ।