Logo

अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)



काठमाडौं, १२ फागुन । अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्ने माग गरेका छन् । उनले भने,‘अहिलेपनि छानबिन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आईरहेका छन्, गगन थापाकै नाम आईरहेको छ । त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दाको कुरा आईरहेको छ, रौनियार काण्ड, १४ करोड झवाम्मै पार्यो भन्ने कुरा आईरहेको छ । सरकारले गरेका राम्रा कामहरु आफूहरुले खुलेर प्रचार गर्ने र गलत कामहरुको खुलेर विरोध गर्ने गरेको दाबी गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न सुझाव दिएका छन् ।

उनले कांग्रेसका सभापतिलगायत अन्य नेताहरुको विरुद्धमा पनि आरोप लगाए । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका केही अभयवहरुले गलत गरे आफूहरुले भण्डाफोर गर्ने जिकिर गरे । तर, अहिले बलियो सरकार भएकोले विकास र समृद्धिको काम भैरहेको उनको दाबी छ ।

उनले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा पनि प्रश्न उठिसकेपछि आफूले राजीनामा दिन सुझाव दिएको स्पष्ट पारे । उनले भने,‘कम्युनिष्ट पार्टीको नेता, सरकारको मन्त्री, एक जना जिम्मेवारी सदस्यका नाममा प्रश्न उठ्यो, त्यसैले त्यो प्रश्नको निवारण गर्नकोलागि राजीनामा दिनुपर्छ भनेर मैले सुझाव दिएको थिएँ । किनकी त्यो जिम्मेवारीमा बसेर त्यो प्रश्न निवारण हुनेवाला थिएन् ।’



प्रतिक्रिया दिनुहोस्