Logo

वायु सेवा निगमको सीइओमा यीनको दौडधूप



काठमाडौ, १२ फागुन । नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिका विषयमा प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री योगेश भट्टराईको मत बाझिएको छ । मन्त्री भट्टराईको दबाबमा गत माघ ५ गते मदन खरेलले राजिनामा दिएपछि निगममा कार्यकारी प्रमुख खाली छ ।पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई माघ १५ गते देखि काम चलाउ अध्यक्ष तोकिएको छ ।

आफ्नै गृहजिल्ला ताप्लेजुङका महेश गुरागाई र प्रकाश पौडेलमध्ये एक जनालाई कार्यकारी प्रमुख बनाउन मन्त्री भट्टराईले खरेललाई राजिनाकम दिन बाध्इ बनाएका थिए । प्रधानमन्त्री ओलीले डा. धनञ्जय रेग्मी र वरिष्ठ पाइलट सुवास रिजालमध्ये एकम जनालाई बनाउन दबाब दिएका कारण पर्यटनमन्त्री भट्टराईले प्रस्ताव लैजान सकिरहेका छैनन् ।

समाचार स्रोतका अनुसार रेग्मीलाई प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु सरमालले बोकेका छन् भने रिजाललाई परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बोकेका छन् । भट्टराईले आफ्ना बहिनीज्वाइँ रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका बेला रिजाललाई कार्यकारी प्रमुख चरणमा पु¥याएका थिए, तर त्यति नै बेला हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि यो योजना अलपत्र प¥यो । (तरुण साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्