Logo

काँग्रेसको क्रियाशील विवरण नआउँदा महाधिवेशन प्रभावित



काठमाडौ । नेपाली काँग्रेसभित्र कतिपय जिल्ला कार्यसमितीहरुले क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउन ढिलाई गरेका छन् । जसका कारण कांग्रेसको १४ औं महाधिवेशनको समय तालिका प्रभावित हुने संकेत देखिएको छ । महाधिवेशनको समय छोट्याउन माग गर्दै जुन जुन जिल्ला सभापतिहरुले काठमाडौमा भेला भई दबाब दिएका थिए ती जिल्लाबाट क्रियाशील सदस्यको केन्द्रमा आउन ढिलाई भइरहेको छ ।

केन्द्रिय कार्य समितीको पुस ११ गते सम्पन्न बैठकले २०७७ साल फागुन ७ गते महाधिवेशनको मिती तय गर्र्र्दै यसको पुर्व तयारी का लागि समय तालिका निर्धारण गरेको थियो तर पुर्वतयारीको यो समय तालिका अनुसार जाँदा २०७७ साल फागुन ७ गते महाधिवेशन गर्न नभ्याइने भन्दै केही जिल्ला सभापतिहरुले परिर्माजनका लागि दबाब दिएका थिए ।

यो दबाब पछि संस्थापन पक्षले क्रियाशिल सदस्यता वितरणदेखि जिल्ला अधिवेशन सम्मको समय तालिका केही अघि सा¥यो । क्रियाशील सदस्यता वितरण तथा नविकरण को समयतालिका एक महिना अघि सारी फागुन १६ देखि चैत मसान्त सम्म तय गरियो । तर फागुन ११ गते आइतबारसम्म ३० जिल्लाको मात्रै क्रियाशील सदस्यहरुको अभिलेख केन्द्रमा पठाएका छन् ।जसका कारण फागुन १६ देखि क्रियाशील सदस्यता वितरण तथा नविकरणको काम सुरु हुन नसक्ने अवस्था देखिएको छ । (तरुण साप्ताहिक बाट)



प्रतिक्रिया दिनुहोस्