Logo

महरालाई दाङमा भव्य स्वागत, दंगाली जनताको हितमा खटिने प्रतिबद्धता



काठमाडौं, १२ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरालाई दाङमा भव्य स्वागत गरिएको छ । अदालतबाट सफाई पाएर रिहाई भएपछि पहिलो पटक मतदातालाई भेट्न दाङ पुगेका महरालाई आज भव्य स्वागत गरिएको हाम्रा सहकर्मी शरद रेग्मीले जानकारी दिए ।

रेग्मीकाअनुसार महराले दाङको भालुवाङमा मतदातालाई सम्बोधन गर्दै आफूले जीवनभर दंगाली जनताको हितमा खटिने बताएका थिए । महराले अदालतले न्याय दिएको बताउँदै अब जीवनभर दंगाली जनताको हितका लागि खट्ने प्रतिबद्धता व्यक्त गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot