काठमाडौं, १२ फागुन । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा. डीम्पलकुमारी झा काममा फर्किएकी छिन् । उनले दिएको राजीनामा अस्वीकृत भएपछि उनी मन्त्रालयमा फर्किएकी उनको सचिवालयले जनाएको छ ।
झाले गत माघ १४ गते राजीनामा दिएकी थिइन । कतिपयले २ नम्बर प्रदेशमा सरकार फेरबदल हुने हल्ला चलेकोले मुख्यमन्त्री बन्नेगरि राजिनामा दिएको भनेरपनि टिकाटिप्पणी भएको थियो ।
तर, उनले उक्त आरोपको खण्डन गर्दै आएकी थिईन् । झण्डै एक महिनासम्मपनि उनको राजीनामा स्विकृत नभएपछि उनी पूनः मन्त्रालयको काममा फर्किएकी हुन् । file photo