Logo

कानमा आवाज आउने रोग (उपचारविधिसहित)



तपाईका कानले कुनै आवाज बिना नै कुनै ध्वनी प्रतिध्वनित गर्दछ ? यदि आवाज आउछ भने साधारण समस्या होइन । यो टिनिटस भनिने रोग हुन सक्छ । यो रक्त वाहिकाको समस्या वा उमेरको साथ श्रवण शक्ति गुम्नुसँग सम्बन्धित हुन सक्छ । टिनिटसको समस्यामा आवाज बिना कारण कानमा भित्रै गुन्जन्छ । तर यसको उपचार पनि गर्न सकिन्छ ।

टिनिटस हुने कारणहरु

  • कारखाना वा ध्वनी उपकरणको आवाज वा ठुलो आवाजमा जोखिमको कारण टिनिटसको समस्या उत्पन्न हन सक्छ ।
  • यसको प्रमुख कारण कानमा जमेको कानेगुजी हो । कानमा अत्यधिक मात्रामा कानेगुजी जमेको कारण यस्तो समस्या आउने गर्छ ।
  • कानको हड्डी पनि यसमा जिम्मेवार हुन सक्छ, यसले सुन्ने क्षमतालाई नराम्रो असर गर्छ ।यस्तो समस्या आएमा तुरुन्त डाक्टरलाई सम्र्पक गर्नुहोस् ।
  • उमेर ढल्कदै जादाँ सुन्ने क्षमता पनि कम हुदै जान्छ । झन् ६० वर्ष पछि त धेरै नै यो समस्याको जोखिम बढी हुने गर्छ ।

टिनिटसका लक्षणहरु

कानमा हुने लक्षण, गर्जन जस्तो आवाज, कानको घण्टी र कानमा आवाज निकाल्दा टिनिटसका प्रमुख लक्षण हुन् । समस्याको गम्भिरताको आधारमा आवाजहरु ठुलो र सानो हुने गर्छन् । उक्त आवाज एक वा दुई कानमा नै हुन सक्छ ।यो समस्या केहि दिन वा धेरै दिन पनि जारी रहन्छ ।

टिनिटसका प्रकारहरु

१.धेरै जसो व्यक्तिहरुमा कानको भित्री, बाहिरी वा मध्य भागको समस्या हुन्छ । सुन्ने क्षमताका लागि जिम्मेवार नशाहरमा हुने कुनै पनि समस्यालाई व्यक्तिपरक टिनिटस भनिन्छ ।

२.वस्तुनिष्ठ, यो डाक्टरद्वारा प्राविधिकमा मात्र देखा पर्दछ ।यस्तो टिनिटसले रक्त धमनीहरुमा समस्याहरु निम्त्याउँन सक्छ । यो धेरै थोरै मानिसहरुमा देखिएको छ ।

टिनिटसका उपचार

१.समय समयमा कान सफा गर्नुहोस् । सुरक्षित साधनहरु प्रयोग गरेर कानमा भएको कानुगुजी निकाली राख्नुहोस् ।

२.धेरै हल्ला आउने स्थानबाट टाढा बस्नुहोस् । यसले तपाईको सुन्ने क्षमतालाई निकै असर गर्छ ।

३. सकिन्छ भने कानमा ढाक्न मास्क प्रयोग गर्नुहोस्, जसले आवाजलाई हल्लाबाट सुरक्षित राख्न मद्दत गर्दछ ।

४. वातावरणीय ध्वनीका स्रोतहरुलाई उपकरणको प्रयोग गर्ने, यसो गर्दा कानलाई धेरै नै लाधदायक हुन्छ ।

टिनिटसको समस्या मा औषधीको साइड इफेक्टमा पनि देखा पर्न सक्छ, त्यसैले डाक्टरको सल्लाहमा मात्र औषधी सेवन र परिर्वतन गर्नूपर्दछ ।



प्रतिक्रिया दिनुहोस्