महिलाहरुले आफ्नो शरीर र स्वास्थ्य समस्याहरुमा हुने साना परिर्वतनहरुलाई वेवास्ता गर्छन् । तर यी सामान्य लिइएका समस्याहरु पछि गम्भिर समस्याहरुको रुप लिन सक्छन् । यस्ता चीजहरुलाई गम्भीरतासाथ समयमै लिनु पर्छ । आज हामी तपाईहरुलाई केही यस्ता लक्षणहरुको बारेमा बताउँदछौ ।
१. चक्कर आएमाः कुनै शारीरिक परिश्रम बिना वा अन्य कुनै प्रकारको कारण बिना तपाईलाई चक्कर आएमा हृदय रोगको संकेत हुन सक्छ । अर्थात साइनस वा अन्य कानका समस्याले पनि हुन सक्छ ।
२. तौल घटेमाः यदि तपाई डायटिंग वा कसरत बिना अचानक तौल घट्दै गएको छ भने वेवास्ता नगर्नुहोस् । बिना कारण ५ किलो भन्दा बढी घटेको छ भने पित्तथैलि, पेट, फोक्सोको क्यान्सर जस्ता रोगलाई लाई संकेत गर्दछ ।
३.आँखाको समस्याः कुनै पिडा बिना आँखाको शक्तिमा अचानक घटेमा स्ट्रोकको लक्षण पनि हुन सक्छ । वास्तवमा यो जोखिम पुरषहरु भन्दा महिलामा बढी हुन्छ र ३५ देखि ५० वर्षका उमेरका महिलाहरुमा यो बढी जोखिम हुन्छ ।
४.मासिक धर्मः मासिक धर्मको समयमा सामान्य रक्तश्राव भन्दा पनि फाइब्रोइड वा गर्भाशय ट्युमर हुन सक्छ । यसले एनीमिया, थकान, गर्भावस्थामा समस्या र धेरै समस्याहरु निम्त्याउन सक्छ ।
५. पखालाः खाने र पिउने गडबडीका कारण पेट दुख्छ, प्राय राती पखाला लाग्ने हुन्छ । यसले अंगहरु सुन्निने वा संक्रमण हुन सक्छ ।