Logo

कोरोनाको बहानामा सुनमा कालोबजारी



फागुन १२, काठमाण्डौ । व्यवसायीले गरगहना बनाउनका लागि अबश्यक सुन बैंकबाट खरिद गर्नु पर्ने व्यवस्था रहेको छ । तर, बैंकबाट सुन व्यवसायीहरुले खरिद नगरी विभिन्न व्यक्ती तथा सस्थागत रुपमा चोरी निकासी हुदै आएको सुनलाई राजधानीकै नाम चलेका सुनपसल सञ्चालकहरुले अबैधरुपमा किन्ने गरेको पाइएको छ ।

अबैध रुपमा नेपाल भित्राएको सुन र चोरीको सुनलाई आफ्नो अनुकुल मुल्य निर्धारण गरेर खरिद गरि मंहगोमा बिक्री हुदै आएको पाइएको छ । राजधानीका आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्स, रिद्धिसिद्धी ज्वेलर्सलगायतको पसलबाट अधिकाशं चोरीको सुनका गरगहना बिक्री गरिदै आएको एक अनुसन्धानबाट खुलेको छ । प्रहरीले न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ, प्रमोद श्रेष्ठलाई गत वर्ष नियन्त्रणमा लिई गरेको अनुसन्धानबाट चोरीको सुुन खरिद गरी बिक्री गर्ने गरेको रहस्य खुलेको हो ।

विशालबजार स्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि चोरीकै सुन खरिद गरी बिक्री गर्नेको सूचीमा रहेका छन् । साइराम ज्वेलर्सका सञ्चालक अमोल विभु र भाइचन्द्र भन्ने व्यक्ती समेत चोरीको सुनको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।

सुन तस्करका प्रमुख एजेन्टका रुपमा रहेका रामहरि कार्की गत वर्ष पक्राउ परेलगत्तै उनीहरू अबैध धन्दामा संलग्न हुने गरेको खुलेको हो । यसरी बैंकबाट सुन खरिद नगरि अबैध रुपमा नेपाल ल्याएको सुन सस्तोमा खरिद गरी अन्तराष्ट्रिय मुल्य सूचीअनुसार मंहगोमा बिक्री हुदै आएको समेत पाईएको छ । तर सुन व्यवसायीहरुले चोरीको सुन बिक्री गर्ने नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यको दावी छ ।

एकातर्फ चोरीको सुनका गरगहना बनाई बिक्री हुदै आएको छ भने अर्कोतर्फ विश्व बजारमा सुनको मुल्य बृद्धि भएको मौका छोप्दै अत्याधिक मंहगोमा बिक्री गरिएको छ । तर, कोरोना भाइरस संक्रमणका कारण सुनको मुल्यमा बृद्धि हुन गएको दाबी पुर्वअध्यक्ष शाक्यको रहेको छ ।

केही सुन व्यवसायीहरुको सिन्डीकेटकै कारण अहिले विश्व बजारमा बृद्धि भएको सुनको मुल्यलाई आधार बनाएर सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तर, विश्व बजारमा सुनको मूल्यले ८ वर्ष अघिको रेकर्ड नै तोड्न सकेको छैन । सन् २०१८ पछि डलरको मुल्यमा तीब्र गतिमा मंहगीन थालेसंगै २०२० मा आईपुग्दा १ डलर बराबर विनिमय दर ११४ रुपैयाँ पुगेको छ । सोही डलरको मुल्यबृद्धिको मौका छोप्दै नेपालमा पनि सुनको मुल्य बृद्धि गरिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्