Logo

नेकपाका मेयरदेखि प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा लिप्त भए : सांसद गिरी



काठमाडौं, १३ फागुन । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मेयर, मन्त्री र प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएकी छिन् । उनले नेकपाको राजनीतिक दस्तावेजमा कमिसनतन्त्रलाई बुझाउने च्याप्टर राख्न समेत सुझाव दिएकी छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन,‘नेकपाका जसले गरे पनि त्यो शोषित र सर्वहाराको नाममा हुने,’ उनले भनिन्, ‘तर अन्यले गरे भ्रष्टाचार हुने ? यदि कमिसनवाद नेकपाको समाजवाद भएको हो भने राजनीतिक दस्तावेजमा एक च्याप्टर लेखोस, सामान्तवाद, दलाल पुँजीवाद समाप्त गरेको भन्दै आएको नेकपाले अब घुसलाई वैधानिकता दिन जरुरी छ।’

गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सम्पूर्ण प्रमाण नष्ट गर्ने प्रयास भएकाले उनीमाथि छानबिन हुनुपर्ने माग उनले गरिन् । उनले भनिन्,‘अख्तियारले गोकुल बाँस्कोटाको घरमा किन छापा मार्दैन’ अन्यको हकमा अनुसन्धान गर्ने अख्तियारले उनलाई पनि अनुसन्धान गर्नु पर्दछ ।’ उनले नेकपाले यतीदेखि हुवावेसम्मलाई बोकेर भ्रष्टाचार गरिरहेको आरोप लगाइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot