Logo

एमसीसीविरुद्ध नेमकिपा सडकमै उत्रियो (फोटोफिचर)



काठमाडौं, फागुन १३ । नेपाल मजदुर किसान पार्टी एमसीसीविरुद्ध सडकमै उत्रेको छ । नेमकिपाले अमेरिकी सरकारको ध्यानाकर्षणसमेत गराएको छ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंस्थित अमेरिकी दूतावासमा विरोधपत्र आज बुझाईएको छ ।

तर, नेमकिपा सांसद प्रेम सुवालसहितको समूहले दूतावास पुगेर विरोधपत्र बुझाएको हो । नेमकिपा दूतावासमा विरोधपत्र बुझाउन जान नेता तथा कार्यकर्तामात्रै होईन विद्यार्थीहरु समेत लिएर गएको थियो ।

एमसीसी सम्झौता खारेजी गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न उनीहरुले खबरदारी गरिरहेका थिए । नेपाल सरकारले आफ्ना माग सुनुवाइ नगरे थप आन्दोलित हुने चेतावनी नेमकिपाले दिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्