Logo

गौतमको तागत



काठमाडौं, १४ फागुन । पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख।  राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य। आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ?

उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान’ गर्नु। त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन्। गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन्। सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो। ‘तत्कालीन एमाले र माओवादी एकीकरण प्रक्रियामा वामदेव नभई भएन। अध्यक्षकै पुस्ताका नेता पनि उहाँ (वामदेव) हुनुहुन्छ। वामदेवसँग बाहिरी शक्ति नदेखिए पनि भित्री शक्ति बलियो छ। जोडघटाउका सबै गतिविधिमा उहाँको महत्व बढेकै छ,’ पराजुलीको ठम्याइ छ।

पार्टीभित्रै अर्को आशंका छ, जस्केलाबाट सांसद बनाएर उनलाई कताबाट प्रधानमन्त्री बनाइन्छ रु ओली र दाहालबीच सरकार र पार्टीको कार्यकारी अधिकार पाँचै वर्षका लागि बाँडिएको छ। उसो भए गौतमको चाहना के त रु उनी निकट नेता पराजुली भन्छन्, ‘संविधान संशोधन गरेर दुवै सदनका बीचमा देखिएको विभेद अन्त्य गरे पनि उहाँ (वामदेव) प्रधानमन्त्री बनिहाल्ने भन्ने होइन। राष्ट्रियसभा सदस्य मात्र हुन उहाँ किन जाने ? प्रधानमन्त्री बन्न नपाए पनि कम्तीमा मन्त्री त बन्न पाउनुपर्‍यो नि ? त्यसका लागि पनि संविधान संशोधन चाहिन्छ।’ नेकपामा जसरी गौतम शक्तिशाली देखिँदै छन्, त्यो हेर्दा उनको दैनिकी व्यस्त हुनुपर्ने हो। नेता–कार्यकर्तासँगको भेटघाट बाक्लो हुनुपर्ने। कार्यक्रमको चाप पनि उत्तिकै हुनुपर्ने। तर, पछिल्ला तीन दिनयता उनीसँग हरि पराजुली, बलराम बाँस्कोटा, सुमन प्याकुरेल, नरबहादुर धामी, जीवनराम श्रेष्ठलगायत सीमित नेताले मात्र भेटेका छन्।

गौतमले भने मंगलबार साँझ अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँग भेटघाट गरे। संविधान संशोधनका लागि पार्टीले बनाएको कार्यदल विवादबारे छलफल गरे। त्यसअघि दिउँसो महासचिव विष्णु पौडेलसँग कुराकानी गरे। पार्टी सचिवालयदेखि स्थायी समितिसम्म उनकै लागि मरिहत्ते गरेर लाग्ने नेता उनी पछाडि अहिले एक जना पनि देखिन्नन्। राम्रै होस् भन्ने शुभचिन्तक भने केही छन्। केन्द्रीय समितिमा बाँस्कोटा, पराजुली, केशवलाल श्रेष्ठ, सावित्रीकुमारी भुसाल, यमलाल कँडेल, उमादेवी कोइराला, लालबहादुर विक, गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर रानालगायत एक दर्जन जति नेता उनी पक्षमा चिनिएका छन्। संघीय संसद्मा दार्चुलाका गणेशसिंह ठगुन्ना, बझाङका भैरवहादुर सिंह, काभ्रेकी नवीना लामा, पत्नी तुलसी थापा, राधा ज्ञवाली उनका लागि पछि लाग्न सक्ने देखिन्छन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot