Logo

चन्द्र ढकालद्धारा नेपाल उद्योेग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धवारी घोषणा



काठमाडौं, १४ फागुन । नेपाल उद्योेग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ६३ जिल्ला अध्यक्ष, ६० भन्दा बढी वस्तुगततर्फका अध्यक्षसहित पूर्व अध्यक्षहरूलाई राखेर ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी घोषणा सभामा महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरू पनि सहभागी थिए ।

आर्थिक समृद्धिका लागि राज्यले निजी क्षेत्रलाई पाटनरका रूपमा लिनुपर्ने भन्दै ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारा अघि सारेका छन् । उनले आफ्नो अभियानका सारथीहरुको पहिचान आफूले गरिसकेकोले सफल हुनेमा ढुक्क रहेको स्पष्ट पारे ।

घोषणा सभामा पूर्वअध्यक्षहरू वैद्य, ढकालसहित उपाध्यक्ष उमेशलाल श्रेष्ठ, किरण कुमार साखः ओम राजभण्डारी, लोकमान्य गोल्छा, कमला श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, अखिल चापागाई, अनुपबहादुर मल्ल, प्रवलजंग पाण्डेलगायतका उद्योगी व्यवसायी सहभागी थिए । घोषणासभामा पाँच वटा प्रदेशका अध्यक्षहरूले ढकाललाई समर्थन गरेको घोषणा गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot