काठमाडौं, फागुन १५ । टिमुरे सीमा चौकीका प्रहरी निरीक्षक खेमप्रसाद नेपालीसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।
आधा किलो सुन नियन्त्रणमा लिएर बाँडीचुडी गरेको भन्दै अख्तियारले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।
केरुङबाट नेपाल आउदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा भेटिएको ४२२ ग्राम सुन लिएर चालकलाई छोडेको आरोप अख्तियारको छ।