Logo

कुनै पनि काम अघि बढेको छैन : प्रजिअ रिजाल



तुलसीपुर, १५ फागुन : दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिले अतिक्रमण हटाउने विषयमा कुनै प्रक्रिया अघि नबढेको बताए । “एक पटक हामी उमहानगरपालिका, सुरक्षा निकायका प्रतिनिधिसँग गएका थियौँ, त्यतिबेला अतिक्रमण हटाउन सकिएन”, उनले भने , “त्यसपछि कुनै प्रक्रिया अघि बढेको छैन ।”

अतिक्रमण हटाउन उपमहानगपालिकाले बनाएको समितिका संयोजक केसीले भने हटाउने प्रक्रिया अघि बढाएको बताए । “हामीले प्रक्रिया अघि बढाएका छौँ, बिहीबार कार्यपालिका बैठक बस्दै छ”, उनले भने, “हामीले त्यो बैठकमा वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरुको व्यवस्थापन गर्न छलफल गर्नेछौँ ।”रासस



प्रतिक्रिया दिनुहोस्