Logo

अमेरिकाको मोल्सन कार्स बियर कम्पनीमा गोलीबारी, पाँच जनाको मृत्यु



अमेरिकाको विस्कन्सिन राज्यमा रहेको मोल्सन कार्स बियर कम्पनीमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय बन्दुकधारीको चोटका कारण मृत्यु भएको अधिकारीहरुले जनाएको छ ।

मोल्सन कार्स बियर कम्पनीमा सयौं मानिसहरु काम गरिरहेको समयमा गोली चलेको थियो । मिल्वाकीका मेयर टोम बारेटले ‘सहरकै सबभन्दा दुखद घटना’ भएको बताएका छन् ।उक्त घटना बुधबार गतेको हो । यस घटनालाई ‘भयानक’ घटनाको रुपमा चित्रण गरिएको छ ।

मृत्यु भएका पाँचै जना कम्पनीका कर्मचारी रहेको पुष्टि मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले गरेका छन् । घटनास्थल नजिक रहेका विद्यालय तथा बजार बन्द गरिएको जनाइएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको मिल्वाकी प्रहरीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घटनाको मुख्य दोषीलाई छिटै कर्नाही हुने समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्