काठमाडौं, १५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्री भनेर आफूले कहिल्यैपनि नभनेको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘तपाईकै कार्यक्रममा आएर मैले कति चोटी विरोध गरें । अरु मिडियामा पनि विरोध गरेको छु ।’ केसीले नेपालमा संघीयता असफल भैसकेको दाबी गरे । उनले अमेरिकी सहयोग एमसीसी संसदबाट पारित भए सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै फुट्न सक्ने खतरा औंल्याएका छन् ।