Logo

प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको प्रश्न : ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’



काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन् । बिहीबार नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुनु ।

हालै प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्शा आकारको केक काटेका थिए । यो तस्विर बाहिरिएसँगै सामाजिक सञ्जालमा उनको चौतर्फी विरोध तथा आलोचना भएको थियो । नेतृ शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह समेत गरेकी छन् ।

शाक्यले भनिन्,‘केक काट्ने संस्कृति हाम्रो होईन, कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक हो ।’ त्यतिमात्रै होईन, उनले सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको भन्दै गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणतर्फ संकेत गर्दै कडा टिप्पणी गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot