काठमाडौं, १५ फागुन । पूर्व डिआइजी रमेश खरेल राजनीतिमा प्रवेश गर्ने चर्चा लामो समययता चल्दै आएको छ । उनी आज घोषणा हुने भनिएको हाम्रो नेपाल, हामी नेपाली अभियानमा रहेको घोषणा बुधबार नै भएको थियो । तर, एकै रातमा उनी अलग्गिए ।
खरेलले अभियानमा ज्ञानेन्द्र शाही रहेको जानकारी पाएपछि अलग्गिने घोषणा गरेका हुन् । शाही भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चर्चामा छन् । उनको गतिविधि विवादास्पद रहेको भन्दै खरेल अलग्गिने घोषणा गरेका हुन् ।
यसअघि खरेलसहित पूर्व कायममुकायम रक्षा सचिव देवेन्द्र सिटौलासहितको समूह अभियानमा रहने भनिएको थियो । खरेल राजनीतिमा आउने चर्चा लामो समययता चलिरहेको छ ।
सर्वेन्द्र खनाल आइजीपी बनेपछि खरेलले पदबाट राजीनामा दिएका थिए । उनी सेलिब्रिटी प्रहरी अफिसरका रुपमा चर्चामा आएका थिए ।