Logo

थप सात राष्ट्रमा कोरोना भाइरसको संक्रमण



एजेन्सी, १५ फागुन । विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । अल्जेरिया, डेनमार्क, इस्टोनिया, जर्जिया, नर्वे, पाकिस्तान र रोमानियाँमा रोगको संक्रमण देखिएको हो ।

चीनबाट फैलिएको भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । २८ सय मानिसको ज्यान गइसकेको छ । ३२ हजार नौ सय संक्रमणमा परेर मुक्त भइसकेका छन् ।

चीनमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमित भेटिएका छन् । दोस्रो बढी दक्षिण कोेरियामा छन् । यूरोपमा भाइरस अत्याधिक फैलिइरहेको छ । यूरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित भेटिएका छन् । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने ४७० संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्