एजेन्सी, १५ फागुन । अफ्रिका र दक्षिण अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । एशियाबाट यूरोप र अष्ट्रेलियासम्म फैलिएको भाइरस दुई महिनापछि ती महादेशमा समेत देखिएको हो ।
उत्तर अफ्रिकी मुलुक अल्जेरियामा कोरोना भाइरसको संक्रमणका रोगी देखिएका हुन् । अल्जेरिया सरकारले त्यसको पुष्टि गरेको छ । चीनमा भाइरसको संक्रमण पत्ता लागेको दुई महिनापछि अफ्रिकामा भेटिएको हो ।
ब्राजिलले बुधबार कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । योसँगै अन्र्टाटिकाबाहेक विश्वका सबै महादेशमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यूरोपमा सबैभन्दा बढी इटाली प्रभावित छ । एशियामा चीन अत्याधिक प्रभावित छ । चीनपछि दक्षिण कोरिया प्रभावित भएको छ ।
भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । २८ सय मानिसको ज्यान गइसकेको छ । ३२ हजार नौ सय संक्रमणमा परेर मुक्त भइसकेका छन् ।