Logo

माधव नेपालले ओली सरकारको समिक्षा गर्नुपर्ने भनेपछि…



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारको समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । नेकपा वागमती प्रदेश कमिटिको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै उनले सरकारको कामकारबाहीबाट जनता खुशी भए नभएको समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘सरकारको समिक्षा गर्ने समय आएको छ,’ नेपालले भने, ‘नेतृत्वले आलोचना सुन्ने हिम्मत राख्नसक्नुपर्छ ।’ ओली सरकारको आलोचना गर्दै नेपालले असन्तुष्टि पोखे । घुमाउरो पाराले ओली आलोचना सुन्न नसक्ने प्रधानमन्त्री भएको बताए ।

जनताले नेकपालाई बहुमत दिएको भन्दै दम्भ देखाउन नहुने बताए । काम गर्ने अवसर दिएकाले काम गर्नुपर्नेमा उनको जोड थियो ।
पछिल्लो समय ओली सरकारप्रति नेकपाभित्रका प्रभावशाली नेताहरु विरोधमा देखिइरहँदा नेपालको भनाई आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्