Logo

मन्त्रिपरिषदका २२ निर्णयमा कानुन आयोगलगायतमा नियुक्ति (सूचीसहित)



काठमाडौं, १५ फागुन । सरकारले नेपाल कानुन आयोगका सदस्यहरु नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहिबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसको जानकारी गराएका हुन् ।

सदस्यहरुमा शोभा बुढाथोकी, उद्धव चन्द्र घिमिरे र श्रीनारायण नेपाल छन् । यसैगरी, राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गादेलाई नियुक्त गरिएको उल्लेख छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा डा. स्वयम प्रकाश श्रेष्ठ, डा. युगनाथ घिमिरे, डा. विनायक प्रसाद राजभण्डारी, डा. गोविन्द केसी, कृष्ण प्रसाद पौडेल, चुन्न प्रसाद शर्मा र यमुना घलेलाई नियुक्त गरिएको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

निर्णय:



प्रतिक्रिया दिनुहोस्