Logo

बाँस्कोटाको बचाउमा ओली,-‘आरोप लागेको छैन,मुद्दा लागेको छैन्’



काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको कमिशनसम्बन्धी अडियो प्रकरणबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका छन् । उनले आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको स्पष्ट पारे ।

बिहीबार काठमाडौं आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’ बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । यद्धपी उनले यो प्रकरणमा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा छानबिन हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्