काठमाडौ, १५ फागुन । दैलेखमा प्रधानाध्यापक नै घुससहित पक्राउ परेका छन् । दैलेख नौमुले गाउँपालिका १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुस लिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार प्रधानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक–पटक शिक्षकसँग घुस मागेको भन्ने सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले रु. ३० हजार घुस लिइसकेको अवस्थामा सिंहलाई पक्राउ गरेको हो । नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई सिंहलाई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालले बताएका छन् ।